राम्रो व्यानरको प्रतीक्षामा फरिता

Read Time = 2 mins

काठमाडौं । नेपाली कला क्षेत्रमा केही उल्लेखनीय कार्य गरौ भन्ने मनसायले यो क्षेत्रमा होमिनुभएकी मोडल तथा नृत्यांगना हुनुहुन्छ फरिता खड्का । विभिन्न र्‍याम्प शो, स्टेज कार्यक्रममा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आइरहनुभएकी खड्काले दर्जन बढी म्युजिक भिडियोमा आफ्नो अभिनयकला कौशल प्रस्तुत गर्नुभएको छ ।

आफ्नो अभिनयकलामा निखरता ल्याउन प्रशिक्षक अनुप बराल, दीया मास्केसँग एक्टर स्टुडियोमा अभिनयको प्रशिक्षणका साथै एक्शनमा निपूर्ण हुन पनि आफूले आवश्यक प्रशिक्षण लिएको उहाँ बताउनुहुन्छ
भविष्यमा चर्चितभन्दा पनि कुशल मोडल तथा नायिका बन्ने सोच लिएर उहाँ यो क्षेत्रमा आफूलाई निरन्तर अघि बढाइरहनुभएको छ ।

ADVERTISEMENT

मोडलिङ क्षेत्रलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोचका साथ सम्भावनासहित मोडलिङमा प्रवेश गर्नुभएकी खड्का भन्नुहुन्छ, ‘हतारमा होइन विस्तारै काम गर्छु, स्थापित व्यानर र राम्रो टिमसँग मात्र काम गर्छु त्यो पनि आफ्नो अभिनय क्षमता देख्ने गरी काम गर्छु ।’

अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्येमबाट विभिन्न अवसर पाइरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै लोकप्रिय हुने अवसर जुटाइरहेका हुन्छन् । त्यसैले होला नयाँ पुस्ताका युवायुवतीहरू कला क्षेत्रमा बढी आकर्षित हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?