काठमाडौं । यूएईविरुद्ध रोमाञ्चक जीत दर्ता गर्दै नेपालले आइसिसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीन मा पर्ने सम्भावना जीवित राखेको छ । घरेलु टोलीविरुद्ध ४२ रनको जीत दर्ता गर्दै नेपालले महत्त्वपूर्ण दुई अंक बटुलेको हो । यससँगै ३२ अंकका साथ नेपाल अंक तालिकाको पाचौं स्थानमा उक्लिएको छ ।
अब नेपालमा हुने चार खेलमा जीत निकाल्न सके नेपाल शीर्ष तीन मा परेर सिधै विश्वकप क्वालिफायरमा पुग्ने छ भने थप दुई जीत दर्ता गर्दा एक दिवसीय मान्यता जोगिने छ ।
२३० रनको विजयी लक्ष्य पछ्याएको यूएई अलआउट हुन पुग्यो । यूएईलाई लक्ष्यसम्म पुग्न नदिने क्रममा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले शानदार बलिङ गर्नुभयो ।
यसअघि भीम सार्कीको ७०, आरिफ शेखको ४३, कुशल मल्लको ३२ र सन्दीप लामिछानेको २७ रनको मद्दतले नेपालले २२९ रनको योगफल तयार पारेको थियो । यससँगै नेपालले यूएई सिरिजका चार मध्ये तीन खेलमा जीत हात पार्न सफल भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच