लिभरपुलसँग युनाईटेडको लज्जास्पद हार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले ७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

इ‌ग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २-२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७-० को फराकिलो अन्तरले जीत हासिल गरेको हो ।

पहिलो हाफमा १-० को मात्र अग्रता लिएको लिभरपुलेले दोस्रो हाफमा ६ गोल थपेको थियो भने पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए ।

ADVERTISEMENT

दोस्रो हाफको सुरुवाती ५ मिनेट भित्रै न्युनेज र गाक्पोले लगातार गोल गरे भने ६६ औं मिनेटमा सलाहले अर्को गोल थपे । ७६ औं मिनेटमा न्युनेजले अर्को गोल थपेको ७ मिनेटमा नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे ।

उता, खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनो गोल गरे पछि लिभरपुलले ७-० को फराकिलो जीत हासिल गर्न सफल भयो ।

यस जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ भन् युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?