मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन प्रेमिका सबा आजादसँग विवाह गर्ने तयारीमा जुटनुभएको छ । आजाद र रोशन नोभेम्बरमा विवाह गर्ने तयारी जुटेको बताइएको छ । हाल उहाँहरू जुहूमा एकसाथ बस्दै आउनुभएको छ ।
छिल्लो समय उहाँहरू मिडियामा पनि एकसाथ देखिँदै आउनुभएको छ । अभिनेता ऋतिकले सुजेन खानसँग २०१४ मा सम्बन्धविच्छेद गर्नुभएको थियो । उहाँहरूको दुई छोरा छन् ।






