रहनुभएन गायक आशिष ताम्राकार

Read Time = 1 min

काठमाडौं । गायक आशिष ताम्राकारको निधन भएको छ । गायक ताम्राकारको त्रिवि शिक्षण (टिचिङ) अस्पताल (महाराजगञ्ज) मा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो ।

दुई/तीन हप्तादेखि बिरामी ताम्राकारलाई केही समय अल्का अस्पतालमा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसार उहाँ कलेजो, मिर्गौलालगायतका समस्याबाट पीडित हुनुहुन्थ्यो । गायक ताम्राकारका ‘आखिर’, ‘प्रेमपत्र’ लगायत एल्बम सार्वजनिक छन् । उहाँका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौंँ गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् ।

ADVERTISEMENT

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल घर हुनुभएका ताम्राकार काठमाडौंको सिनामंगलमा परिवारसहित बस्दै आउनुभएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *