‘श्रीचम्पादेवी खेल मैदान’ जिल्लाकै ठूलो खेल मैदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाले निर्माण गरेको श्रीचम्पादेवी खेलमैदान डल्लीडाँडा जिल्लाकै ठूलो र उच्चस्थानमा रहेको खेल मैदान हो । एक स्थानीय तह, एक खेलमैदानको अवधारणाअन्तर्गत निर्माण भएको चम्पादेवी गाउँपालिका–९ स्थित डल्लीडाँडाको खेलमैदान, जिल्लाका अन्य स्थानीय तहमा भएकामध्ये सबैभन्दा ठूलो खेलमैदान हो ।

समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा रहेको यो खेल मैदान जिल्लाकै उच्च स्थानमा भएको खेल मैदान पनि हो । गाउँपालिकाले क्रमागत बजेट विनियोजन गर्दै निर्माण गरेको यो खेल मैदान अहिले सञ्चालनमा आएको छ । यो वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सबै खेल यही मैदानमा एकै पटक सञ्चालन गरिएको थियो ।

फुटबल खेल प्रतियोगिता सञ्चालन गर्न सकिने यो खेल मैदान १४५ मिटर लम्बाइ र ९० मिटर चौडाइ रहेको चम्पादेवी गाउँपालिकाले जनाएको छ । यो खेलमैदानलाई राष्ट्रिय मापदण्ड अनुसारको खेलमैदान निर्माण गरी प्रदेशस्तरीय खेल र राष्ट्रियस्तरको खेल प्रतियोगिता गराउन सक्ने क्षमताको खेलमैदान बनाउने गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाको सबैभन्दा ठूलो र उच्चस्थानमा रहेको यो श्रीचम्पादेवी खेल मैदानमा राष्ट्रियस्तरको खेल सञ्चालन गर्ने लक्ष्य छ ।’

ADVERTISEMENT

जिल्लाकै प्रमुख धार्मिक पर्यटकीयस्थल श्रीचम्पादेवीको मन्दिर नजिकै रहेको यो खेलमैदानलाई थप वृद्धि गर्न सकिने र वृद्धि गर्दै लैजाने वडा–९ का वडाअध्यक्ष सुजन पौडेलले बताउनुभयो । उहाँका अनुसार ‘एक सय रोपनीभन्दा बढी क्षेत्रफल रहेको यस स्थानमा ३० रोपनी जति खारिएको छ, बाँकी सबै प्रयोग गर्न सकिने ठाउँ छ ।’ सार्वजनिक रूपमा रहेको जग्गालाई वडावासीको सहमति र मागनुसार कार्यापालिकाको बैठकको निर्णयानुसार खेलमैदान निर्माण गर्न सुरु गरिएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सबै खेल एकै पटक सञ्चालन गर्न मिल्ने जिल्लाको एकमात्र खेलमैदान श्रीचम्पादेवी खेलमैदान भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव बालकुमार खनालले बताउनुभयो । खेलमैदानलाई पूर्णरूप दिन गाउँपालिकाले यस वर्ष आठ करोडको डिपिआर तयार पारेको छ । डिपिआर अनुसारको खेलमैदान निर्माण सम्पन्न भएपश्चात् राष्ट्रियस्तरको खेलमैदान बन्ने र उक्त क्षेत्रको विकास हुनेमा स्थानीयवासी आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?