नौ हजार घुससहित मालपोतका सुब्बा पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

महोत्तरी । महोत्तरीको मालपोत कार्यालय जलेश्वरको मुद्दा फाँटमा कार्यरत नायब सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् । नायव सुब्बा रामकृष्ण पण्डित र मालपोतछेउमै सञ्चालित सुभाष भूसेवा केन्द्रका सञ्चालक लेखापढी व्यवसायी सुभाषचन्द्रलाल कर्ण नौ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका डिएसपी सुभाष राईको टोलीले बिहीबार अपराह्न उनीहरूलाई पक्राउ गरेको हो । मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसँग रकम लिएर लेखापढी व्यवसायी कर्णको फार्ममा आएर सो रकम राख्न दिएको बेला उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

ADVERTISEMENT

घुस रकमसहित पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि बर्दिवास कार्यालय लगिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?