लण्डन । म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । वेस्ट हृयाम युनाइटेडमाथि तीन-एकको पुनरागमन जित निकाल्दै युनाइटेड अन्तिम आठमा पुग्न सफल भएको हो । युनाइटेडका लागि एलेहान्द्रो गर्नाचो र फ्रेडले एक-एक गोल गर्दा एक गोल उपहार पाएको थियो । वेस्ट हृयामका सेड वेनरहमाले सान्त्वना गोल गर्नुभयो । खेलको ५४औँ मिनेटमा वेनरहमाको गोलबाट वेस्ट हृयामले सुरुवाती अग्रता लिएको थियो ।
७७औँ मिनेटमा नइफ एगर्डले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा फर्कियो । ९०औँ मिनेटमा एलेहान्द्रो गर्नाचोले युनाइटेडलाई अग्रता दिलाउनुभयो । त्यसपछि इन्जुरी समयमा फ्रेडले गोल गर्दै युनाइटेडलाई तीन-एकको जित दिलाउनुभयो ।
यता, लिभरपुलले प्रिमियर लिगमा वल्भ्समाथि दुई-शून्यको जित हात पारेको छ । ७३औँ मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई एक–शून्यको अग्रता दिलाउनुभयो । त्यसको पाँच मिनेटपछि मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गर्नुभयो । यस जितसँगै लिभरपुल २४ खेलबाट ३९ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ । समान अंक भए पनि एक खेल कम खेलेको फुलहम गोल अन्तरमा पछि छ । पराजित वल्भ्स २४ अंक जोडेर १५औँ स्थानमा छ ।
आर्सनलले एभर्टनमाथि चार-शून्यको फराकिलो जित निकाल्यो । आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले समान एक गोल गर्नुभयो । खेलको ४०औँ मिनेटमा बुकायो साकाको गोलबाट आर्सनलले अग्रता लिएको थियो । इन्जुरी समयमा बुकायो साकाको पासमा मार्टिनेलीले अग्रता दोब्बर पार्नुभयो ।
७१औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई तीन-शून्यले अघि बढाउनुभयो । त्यसपछि ८०औँ मिनेटमा मार्टिनेलीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनललाई जित दिलाउनुभयो ।
यस जितसँगै आर्सनलले शीर्षस्थानमा म्यानचेस्टर सिटीमाथि पाँच अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ । आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ । समान खेलबाटै सिटीको ५५ अंक छ । पराजित एभर्टनलाई रेलिगेसन डर बढेको छ । एभर्टन २१ अंक जोडेर १८औँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच