काठमाडौं । नेपाल पुरुष टोली हिृवलचेयर क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा भारतसँग ४ विकेटले पराजित भएको छ । भारतको गुजरातमा मार्च २३ तारिखदेखि भइरहेको प्रतियोगिताको निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो । जवाफमा भारतले १३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
हिमाल अर्यालको कप्तानीमा रहेको टोलीका अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, वरुण बुढा मगर र राजु कट्वाल रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts