अचाक्ली शुल्क वृद्धिको गुनासोपछि भक्तपुरको मातृभूमि स्कुलमा अनुगमन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

मध्यपुर । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वकाे टाेली लोकन्थलीमा रहेको मातृभूमि स्कूलमा अचाक्ली शुल्क वृद्धि गरेकोबारे पत्रपत्रिकामा आएको गुनासोको आधारमा अनुगमन गरेकाे छ ।

अनुगमनमा अध्यक्ष रामकृष्ण प्रजापतिले नयाँ भर्ना पचास हजार, डिपोजित पचास हजार, पूर्व प्रथामिकको मासिक शुल्क पन्ध्र हजार, प्रथामिक स्कूलमा बीस हजार, निमाबिमा एकाइस हजार र माबिमा बाइस हजार र यातायात तीन हजार रुपैयाँ, बार्षिक शुल्क पच्चीस हजार शुल्क निर्धारण गर्दा ३३ प्रतिशतदेखि ५० प्रतिशतसम्म शुल्क वृद्धि गरेएको गुनासो आएको बताउनु भयो ।

उहाँले विद्यालयकले शुल्क निर्धारण गर्दा अभिभावक भेला राखी, व्यवस्थापन समितिले निर्णय गरी नगरशिक्षामा शुल्क प्रस्ताव पेश गरी शुल्क निर्धारण समितिले निर्णयपछि स्वीकृति लिई मात्र शुल्क उठाउनुपर्नेमा स्वीकृति विना नै बढाएकोले नियम कानुन अनुरसार नभएकोले र कानुनलाई उल्लंघन गरे विद्यालयलाय अप्ठ्यारो हुने बताउनु भयो । उहाँले विद्यालयले अभिभावकहरुलाई चित्त बुझाएर अभिभावकले तिर्न सक्ने क्षमतालाई मध्य नजर गरी र मुद्रास्फिति अनुसार केही मात्र शुल्क बृद्धि गर्नुपर्नेमा मनपरी शुल्क वृद्धि गरी शिक्षालाई व्यापारिकरण गर्दा भोलि विद्यालय नै बन्द हुनसक्ने भएकोले ज्ञानको मन्दिरलाई तुहाउन नहुने बताउनु यभो ।

ADVERTISEMENT

उहाँले प्रतिस्पर्धाको समयमा सरकारी विद्यालयहरु राम्रो हुँदै गएको अवस्थामा संस्थागत विद्यलायले मनपरि शुल्कबृद्धि गरे बिद्यालयको भविष्य समाप्त हुने बाटोतर्फ दोहरिन सक्नेतर्फ सचेत पार्नुभयो ।

विद्यालयका प्रिसिपल प्रकृति केसी पन्तले भर्ना शुल्क, डिपोजित, मासिक शुल्क, यातायात र बार्षिक शुल्कमा पाँच पाँचहजारका दरले वृद्धि गरेको स्विकार गरी पूर्वाधार र सुविधा अनुसार अभिभावकहरुको सरसल्लाहमा शुल्क बृद्धि गरेको र पूर्वाधार तयार नगरे विद्यार्थीहरू काठमाडौंको महंगो विद्यालयमा लानेसम्मको कुरा आएपछि पूर्वाधारसंगै शुल्क वृद्धि गरेको बताउनु भयो । उहाँले केही केही अभिभावकको गुनासोलाई हेरेर कुरा गर्नुभन्दा विद्यालय निरिक्षण गरी गरी गुनासो गरे राम्रो हुने बताउनु भयो ।

अनुगमनमा निर्वमान् अध्यक्ष मणिरत्न बज्राचार्य, वरिष्ठ उपाध्यक्ष राम सुवाल, सहसचिव राजकुमार लघुको सहभागिता रहेको थियो भने विद्यालयको पुरा निरीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज