जापानमा बस्ने नेपालीहरूको फुटबल क्रेज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

फुकुओ । जापनको फुकुओका प्रिफेक्चरको कोकुरा भन्ने ठाउँमा रहेको हिगारी फिटनेस फुटसलमा फुकुओका आसपास बस्ने नेपाली १७ टिमबीच फुटबल प्रतियोगीता सम्पन्न भएको छ।

वाजिरो फुटबल क्लबलाई २ का विरुद्ध ३ गोलले पराजित गरेर प्रथम हुन सफल युनाइटेड फुटबल प्क्लबले पुरस्कार राशी जापानी यान २,५०,००० हात पारेको छ।

द्वितीय हुने वाजिरो फुटबल क्लबले १,२५,०००, खेलमा सबैभन्दा अनुसाशित ठहरिएको टिम ओआसी फुटबल क्लबले प्रोत्साहन स्वरूप ट्रफी र हरेक सहभागी टिमले प्रमाणपत्र हात पारेका थिए। धाँधली र होहल्ला रहित खेलमा रेफ्रीको भूमिका निर्मल गुरुङले निभाउनुभएको थियो ।

विगत ११ वर्षदेखि जापानमा नमस्ते फुड्सका सञ्चालकको रूपमा कार्यरत विपिन कंडेल प्रमुख अतिथि रहेको सो प्रतिस्पर्धाको आयोजना सोर्टेड ग‍ोरखा फुटबल कलबले गरेको थियो।

ADVERTISEMENT

सञ्जय शर्मा, विजय राई र सुजन राईलगायतको विशेष सक्रियतामा सम्पन्न स‍ो कार्यक्रमको व्यवस्थापकीय पाटो भने नमस्ते फुड्सका प्रबन्धक नवीन जिसी र सञ्जय शर्माले सम्हाल्नुभएको थियो। पञ्चासे इन्डियन रेष्टुरेण्ट र साइराम इण्डियन रेष्टुरेण्ट प्रायोजकको रूपमा रहेको सो कार्यक्रमको मुख्य प्रयोजक पनि नमस्ते फुड्स् नै थियो।

स्वदेशमा भन्दा विदेशमा संस्कृृति, मनोरञ्जन र खेलकुद सम्बन्धी कार्यक्रमहरू धेरै हुने गरेका छन्। जापानको कुनै पनि टोल या शहर छैन होला जहाँ नेपाली समूदाय नहोस्।

यहाँ हरेक हप्ता साँस्कृतिक कार्यक्रम, नेपाली चलचित्र प्रदर्शन, खेलकुद प्रतिस्पर्धा लगाएतका कार्यक्रमहरु चलिरहन्छन्। फुटबल, भलिबल र किर्केट जस्ता खेलहरुमा आफ्नै देशमा खासै भविस्य नदेखेर कि त पढ्न कि त र‍ोजगारीकै सिलसिलामा जापान आएका युवाहरु यहाँ आएर पनि आफ्नो खेलप्रतिको नशालाई त्याग्न सक्दैनन् र विभिन्न किसिमका ग्रुपहरु बनाएर खेल खेल्ने गर्दछन्। जापानभरि साना ठूला गरेर २०० भन्दा बढि फुटबल टिम होलान्। यो संख्या भलिबल र क्रिकेटमा पनि यस्तै छ।

विजयी टिमहरूलाई पुरस्कार र सहभागी टिमहरूलाई प्रमाणपत्र प्रदान गर्दै विदेशमा रहेर पनि विभिन्न रजनीतिक दलप्रतिको आस्थका आधारमा गुट र उपगुटभित्र रुमलीरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बीच यस्ता किसिमका कार्यक्रमले एकता, देशप्रेम, खेल र खेलाडीप्रतिको सम्मान गर्न प्रेरित गर्दछ भन्ने अभिव्यक्ति कार्यक्रमका प्रमुख अतिथि कंडेलले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?