टीकाको ‘अनुभूतिका स्वरहरू’ लोकार्पण

Read Time = 5 mins

काठमाडौं । गीतकार टीका भट्टराई नेपालको गीतिसंग्रह ‘अनुभूतिका स्वरहरू’ लोकार्पण भएको छ । गीतकार संघको आयोजनामा संघकै कार्यालयमा एक विशेष समारोहबीच गीतिसंग्रह लोकार्पण गरिएको हो ।

सामारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार एवं साहित्यकार डाक्टर कृष्णहरि बराल, अतिथिहरूमा गायिका ज्ञानु राणा, गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापा, संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, कलाकार लय संग्रौला, किरण केसी, उत्तम केसीलगायतयले कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा.बरालले गीतिसंग्रहको चर्चा गर्दै गीतले सबैथरि भावलाई समेटिएको बताउनुभयो । यस्तै, चलचित्र लेखक, निर्देशक तथा कलाकार लय संग्रौलाले गीतिसंग्रहको चर्चा गर्दै संग्रहमा रहेका गीत उत्कृष्ट रहेको जिकिर गर्नुभयो । वरिष्ठ हास्यकलाकार किरण केसी (रातामकै)ले गीतकार नेपालको गीतिसंग्रहका गीतबाट आफू निकै प्रभावित बनेको बताउँदै गीतकार भट्टराईका आठवटा गीत आफूलाई प्राप्त भएको र केही गीत रेकर्ड गर्ने जानकारी गराउनुभयो ।

कृतिको समीक्षा रामबाबु श्रेष्ठले गर्नुभएको थियो । उहाँले संग्रहमा संग्रहित गीतले मान्छेका वास्तविक जीवनसँग मेला खाने, देशभक्ति रहेको बताउनुभयो । श्रेष्ठले संग्रहमा रहेका सबै गीतको समीक्षा गर्दै नेपालको लेखन कलालाई अब्बल मान्नुपर्ने जिकिर गर्नुभयो । यस्तै अर्का अतिथि तथा गीतकार अमर बान्तुले पनि गीतिसंग्रहका गीत एकदमै सुन्दर रहेको बताउँदै गीतकार भट्टराईको गीतहरू अब्बल रहेको भनाइ राख्नुभयो । उहाँले गीतिसंग्रहभित्रको एक गीतको हरफसमेत गुनगुनाउनु भएको थियो ।

ADVERTISEMENT

गीतकार संघका पूर्वअध्यक्ष देवकोटाले गीतकार नेपाललाई बधाई तथा शुभकामना दिँदै गीतिसंग्रहभित्रका गीतको चर्चा गर्नुभएको थियो । उहाँले गीतलाई ‘टेक्स आर्ट’ रहको बताउँदै संग्रहमा देशभक्ति गीतका भाव पढ्न पाउँदा अत्यन्त खुशी भएको अनुभूति सुनाउनुभयो । समारोहका अर्का अतिथि विश्व बल्लभले गीत यस्तो लेख्नुपर्छ, उस्तो लेख्नुपर्छ भन्ने नरहेको धारणा राख्नुभयो । उहाँले मनमा जे आउँछ त्यसैलाई गीतका रूपमा उतार्न आग्रह गर्नुभयो ।

यस्तै गायिका ज्ञानु राणाले गीतका शब्दहरू निकै राम्रा रहेको बताउनुभयो । गीतकार संघका अध्यक्ष थापाले गीतकार भट्टराईमा एउटा सशक्त गीतकारको रूपमा आफूले पाएको अनुभूति सुनाउनुभयो । उहाँले गीतकार भट्टराईको गीतिसंग्रह गीतकार संघकै कार्यालयमा गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । गीतिसंग्रहमा स्वदेश तथा विदेशीएका सन्तानबीचको माया प्रेमसमेत दर्शाएकाले गीतिसंग्रह उत्कृष्ट बनेको चर्चा गनुभयो ।

१३९ पृष्ठको यो गीतिसंग्रहलाई अरनिको छापाखाना विराट नगरले प्रकाशन गरेको हो । कृतिमा १२५ गीतसंग्रहित छन् । गीति समारोहमा श्रष्टा परिचय अच्युत घिमिरेले गर्नुभएको थियो । त्यस्तै गीति समारोहमा वरिष्ठ संगीतकार तथा गायक शिशिर योगी र विष्णु अधिकारी, संगीतकार राजु सिंहलगायत विशिष्ठ व्यक्तित्वको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *