मानव पुस्तकालयमा साहत्यिक कार्यक्रम सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मानव पुस्तकालय/ज्येष्ठ नागरिक समाज र मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंको संयोजनमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार साहित्यकार हरिभक्त सिग्देलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

मानव पुस्तक पूर्वसचिव, माछापुछे« बैंकका सञ्चालक जयमुकुन्द खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहप्राध्यापक तथा लेखक डा.परशुराम पौडेलको विशिष्ठ आतिथ्य रहेको थियो । सो अवसरमा प्रा.डा.अर्जुनदेव भट्ट, युवराज मैनाली, पुरुषोत्तम दाहाल, विष्णुप्रसाद पन्त, विमला पौडेलको आतिथ्यमा मानव पुस्तकीय व्यक्तित्वका अन्तर विचार प्रवाहसँगै रचनावाचनको सौन्दर्य जग्मगाएको थियो ।

ADVERTISEMENT

महेश रिजाल, पदम दाहाल, अच्युतप्रसाद पौडेल, ध्रुव गजुरेल, युवराज मैनाली, रामचन्द्र खराल, रामचन्द्र दाहाल, माधवलाल श्रेष्ठ, सुचिता काफ्ले, नारायणप्रसाद निरौला र दुर्गा अधिकारी भँमरकोटेले आ-आफ्ना रचना वाचन गर्नुका साथै विचार व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?