नवलपरासी । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगरमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तर्गत उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्रसहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएको भन्दै ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कप्तान रोहितकुमार पौडेलले सम्मान प्रति नेपाल क्रिकेट टिमको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले विश्वकप क्वालिफायरमा छनोट हुनु भनेको सम्पुर्ण नेपालीको जित भएको बताउनुभएको थियो । पौडेलले साथ र हौसलाको लागि बुवा आमालाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको थियो । नगर प्रमुखले बर्दघाट नगर भित्रै क्रिकेट स्टेडियम निमार्ण गर्ने नगरले योजना बनाएको बताउनुभएको छ । उहाँले आगागी आर्थिक वर्षमा क्रिकेट रंगशालाको लागि बजेट नै विनियोजन गर्ने आफूहरुको तयारी भइरहेको बताउनुभएको थियो ।
सोही कार्यक्रममा बर्दघाट नगरपालिकाका उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट नगरमा विगतमा पनि अन्तराष्ट्रिय खेलाडि जन्मिएका र अहिले रोहित नेतृत्वको राष्ट्रिय टिमले ऐतिहासिक जित हासिल गर्नु सबैको लागि र विशेष गरी बर्दघाट नगरको लागि गौरवको विषय भएको बताउनुभएको हो ।
उहाँले रोहितको लगाव नै आजको सफलता सम्भव भएको भन्दै उनको सफलतालहरुले खेलकुदमा लाग्ने अरुलाई पनि आशावादी बनाएको बताउनुभएको थियो ।
त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले बर्दघाट नगर सम्भावनाहरुको खानी रहेको बताउनुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts