सर्लाही । विष्णु गाउँपालिका-५ फेन्हराबाट ४ किलोग्राम गाँजासहित एक भारतीय पक्राउ परेका छन् ।
भारतीय नागरिक २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध र भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा