आर्मीको पुनरागमन जित, पुलिसलाई पहिलो अंक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । दीपक गुरुङले इन्जुरी समयमा गोल गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लवले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौं खेलबाट दोस्रो जित निकाल्दा अर्को खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले पहिलो अंक जोडेको छ ।

फुटबलमा अन्तर्राष्ट्रिय विश्रामअघिको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले फ्रेन्ड्स क्लवबिरुद्ध पुनरागमन २-१ को जित निकाल्न सफल भएको हो । च्यासल मैदानमा शनिबार सम्पन्न खेलको छैटौं मिनेटमा फ्रेन्ड्सका टोरिक जिब्रिनले उपलब्ध गराएको पासलाई रफिक अमिनुले सदुपयोग गर्दै ललितपुरे टोलीलाई अग्रता दिलाउनुभएको थियो । अग्रता लिएसँगै रक्षात्मक देखिएको फ्रेन्ड्सविरुद्ध आर्मीले २४ औं मिनेटमा बराबरी गोल फर्कायो । दीपक गुरुङले उपलब्ध गराएको बललाई जिलेस्पीजंग कार्कीले हेडरमार्फत जाली चुमाउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा आर्मीले आक्रामक रणनीतिलाई निरन्तरता दियो । सो क्रममा केही सुनौला अवसर सिर्जना भएपनि आर्मीको अग्रपंक्तिले सदुपयोग गर्न असफल बन्यो । तर इन्जुरी सयममा दीपक गुरुङले गोल गर्दै आर्मीको जित निश्चित गर्नुभएको हो । पेनाल्टी बक्सभित्र बारम्बार प्रयास किलियर हुन नसकेको बललाई दीपकले जाली चुमाउन सफल भएको थियो ।

दोस्रो हाफमा आक्रामक देखिएको आर्मीका लागि ७४ औं मिनेटमा दिनेश हेन्जनले प्रहार गरेको फ्रिकिकमा दीपकको हेडरबललाई फ्रेन्ड्सका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउँ गर्नुभयो । लगत्तै फ्रेन्ड्सले काउन्टरको प्रयास गरे पनि असफल भयो । इन्जुरी समयमा फ्रेन्ड्सका जिब्रिनको प्रहारलाई गोलकिपर विकेश कुथुले बचाउनुभयो ।

ADVERTISEMENT

यसअघि संकटा र एनआरटीसँग बराबरी खेलेको आर्मीले साविक विजेता मच्छिन्द्रलाई पराजित गर्दा अर्को विभागीय टोली नेपाल एपिएफ क्लवसँग हार व्यहोरेको थियो । यसैगरी सातादोबाटो र खुमलटारसँग पराजय ब्यहोरेको फेन्ड्सले थ्री स्टारसँग बराबरी खेल्दा जावलाखेल युथ क्लवलाई पराजित गरेको थियो । यस जितसँगै आर्मीले पाँच खेलबाट आठ अंक बनाएको छ भने अन्तिम समयमा सम्हालिन असफल फ्रेन्ड्सको पनि समान खेलबाट चार अंक भएको छ ।

लिगअन्तर्गत शनिबार भएको अर्को खेलमा नेपाल पुलिस क्लवले न्युरोड टिम (एनआरटी)सँग १-१ गोलको बराबरी खेल्दै जारी लिगमा पहिलो अंक जोड्न सफल भएको छ । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले पुनरागमन गर्दै अंक खोस्न सफल भएको हो । यसअघि पुलिसले लगातार चार खेलमा हार व्यहोरेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले आक्रामक रणनीति बुन्दै खेलेका थिए । पहिलो हाफ निकै प्रतिष्पर्धात्मक बनेको पनि गोल भने हुन सकेनन् । दोस्रो हाफमा एनआरटीले शुरुवाती अग्रता लियो । ६४औं मिनेटमा बैकल्पिक खेलाडी छिरेका सञ्जीव बिष्टले गोल गर्दै एनआरटीलाई शुरुवाती अग्रता दिलाउनुभएको थियो ।

पेनाल्टी क्षेत्रभित्र एनआरटी र पुलिसका डिफेन्डरबीचबाट निस्किएको बललाई पुलिसका गोलकिपर संजित श्रेष्ठले किलियर गर्न चुक्दा सन्जिबले पोस्टको जाली चुमाउनुभयो । तर, ७५ औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई खेलमा फर्काउनुभयो । प्रतापले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्नुभएको हो । त्यसबाहेक दुवै टोलीले गोलका लागि प्रयास गरेपनि असफल हुँदै अंक बाँडे । यस बराबरी पछि पुलिसले लिग तालिकामा एक अंकको खाता खोलेको छ भने एनआरटीले पाँच खेलमा दुई अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?