हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा ‘काउली’

Read Time = 1 min

काठमाडौं । वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको लोकलयमा आधारित गीत ‘काउली’ सार्वजनिक भएको छ । उक्त गीतमा लोकगायिका शान्तिश्री परियारले आचार्यलाई साथ दिनुभएको छ ।

सरोज ओलीले निर्देशन गरेको गीतको भिडियोमा आचार्य स्वयंले अभिनय गर्नुभएको छ । भिडियोमा उहाँसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँध्नुभएको छ ।

ADVERTISEMENT

गीतको भिडियोमा चेलिबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतमा श्यामश्वेत रसाइलीको एरेन्ज र गम्भीर विष्टको भिडियो कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *