शुक्रको शीर्षता कायमै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले शीर्षता कायमै राख्नुभएको छ । ३-अण्डर ६९ मा तेस्रो दिनको खेल सकाउँदा समग्रमा २१ अण्डर १९५ को स्कोरका साथ उहाँ अग्रस्थानमा हुनुहुन्छ ।

दोस्रो स्थानमा रहनुभएको भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पर्नुभएको छ । इभन-पार ७२ सहित समग्रमा १५-अण्डर २०१सहित भुवन दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै युवा एमेच्योर खेलाडी सद्भाव आचार्यले ८-अण्डर ६४ को स्कोरमा समग्रमा ११ अण्डर २०५ को स्कोरसहित तेस्रो स्थानमा हुनुहुन्छ । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ ६-अण्डर ६६ खेल्दै समग्रमा ७-अण्डर २०९ मा चौथो स्थानमा हुनुहुन्छ ।

ADVERTISEMENT

यसैगरी जयराम श्रेष्ठले ३-अण्डर ६९ मा दिनको खेल सकाउँदै समग्रमा ४-अण्डर २१२ को नतिजामा पाँचौ स्थानमा रहे । ३-अण्डर ६९ खेलेका शिवराम पौडेल समग्रमा १-अण्डर २१५ मा छैटौं स्थानमा हुनुहुन्छ ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगिताको प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै एक लाख ४० हजार प्राप्त गर्नुहुनेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमशः ५५ हजार र ४७ हजार हात पार्नेछन् । साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?