काठमाडौं । यामाहा नेपालले यामाहा ब्लु स्क्वायर नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लु स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो, जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ ।
यामाहा केवल मोटरसाइकल निर्मातामात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । ब्लु स्ट्रिक्स यामाहाको आफ्ना ग्राहकसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान-मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।
ब्लु स्ट्रिक्समा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसर प्राप्त गर्नेछन् । विशेष कार्यक्रमको अवसर र सवारीदेखि लिएर भविष्यमा आउने विशेष प्रमोसन र छुटसम्म प्रदान गरी ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
एमएडब्लु राइडर्सका सिएम पुनम सिंहले भन्नुभयो, ‘ब्लु स्ट्रिक्स सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुंगा हो, हामी सम्पूर्ण यामाहा मालिकलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts