‘मालती’ ल्याउँदै भण्डारी

Read Time = 2 mins

काठमाडौं । लोकप्रिय गायक माधव भण्डारीको नयाँ गीत ‘मालती’ श्रोता/दर्शकमाझ आउने भएको छ । भण्डारीलाई स्वरमा रूपी सिंजालीले साथ दिनुभएको यो गीतको भिडियो हालै छायांकन गरिएको हो । भण्डारीकै लय, शब्द, एरेञ्ज रहेको गीतको भिडियोलाई शुक्र लामाले निर्देशन गर्नुभएको छ । भिडियोमा निर्देशक लामासँगै सीता तामाङलाई फिचरिङ गरिएको छ ।

धिताल फिल्मस्को पोष्ट प्रडक्सनको रहेको गीतको भिडियोमा मरुभूमि नारायणको छायांकन र रोशन धितालको सम्पादन छ । ‘सबैको मिहिनेतबाट एउटा राम्रो गीत र त्यसको भिडियो श्रोता/दर्शकमाझ ल्याउन लागेका छौ’, भण्डारीले भन्नुभयो ।

ADVERTISEMENT

भण्डारीको पछिल्लो गीत ‘हल्ला चले चल्ला’को चर्चा भइरहँदा उहाँको अर्को गीत ‘मालती’ श्रोता/दर्शकमाझ आउन लागेको हो । गायक भण्डारीका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । मेला महोत्सवमा पनि व्यस्त रहने भण्डारीले हालै पाल्पामा भएको ‘रामपुर महोत्सव’मा आफ्नो प्रस्तुतिमार्फत वाही-वाही बटुल्न सफल हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. अती उच्च स्तरीय न्युज मीडिया हिमालय टाईमस