‘अनेसास शिखर पुरस्कार’ श्रीसलाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले मण्डला थिएटर, काठमाडौंमा आयोजना गरेको ‘अनेसास शिखर पुरस्कार समर्पण २०७९’ तथा महेन्द्र थुलुङ राईको एकल वाचन कार्यक्रममा कवि गिरी श्रीस मगर पुरस्कृत हुनुभएको छ ।

दुई चरणमा आयोजित सो कार्यक्रमको पहिलो सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कवि भूपाल राईले कवि गिरी श्रीस मगरलाई नगद ३३ हजार ३३३ रुपैयाँको राशीसहित ‘अनेसास शिखर पुरस्कार २०७९’ प्रदान गर्नुभएको थियो । यो पुरस्कार समितिको संयोजकमा पूर्वअध्यक्ष प्रेमप्रसाद भट्टराई रहनु भएको छ ।

अनेसास कतार च्याप्टरका पूर्वअध्यक्ष रेगिस्तानी कवि तीर्थ संगम राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष राईले पुरस्कार र पुरस्कृत कवि गिरी श्रीस मगरको परिचय दिनुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय पूर्वअध्यक्ष एवं ‘अनेसास शिखर पुरस्कार समिति’का सदस्य साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै अनेसासको परिचय र कतार च्याटरको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा कवि महेन्द्र थुलुङ राईको एकल वाचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको आयोजनाको लागि अनेसास कतार च्याप्टर, अनेसास शिखर पुरस्कार र सहकार्य नवोदित साहित्यिक वाचनालय कतार, सन्ध्या ग्रुप अलखोर कतारअन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *