राष्ट्रिय बाल नाटक मेला सम्पन्न

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय बाल नाटक मेला सम्पन्न भएको छ । नेपालको रंगमञ्चमा सर्वाधिक पुरस्कार राशि भएको नाट्य महोत्सव ‘राष्ट्रिय बाल नाटक मेला-२०७९’ सम्पन्न भएको हो । नाटकमा भक्तपुरको निष्ट स्कुलले प्रस्तुत गरेको नाटक ‘पार्वती’ले सर्वोत्कृष्ट नाटकको पुरस्कारसहित एक लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।

गत फागुन ८ गतेदेखि प्रारम्भ भएको राष्ट्रिय बाल नाटक मेला २०७९मा नाटक ‘पार्वती’ले सर्वोत्कृष्ट नाटकका साथै पुष्पराज अवस्थीले उत्कृष्ट निर्देशक, स्यारोन कटुवालले उत्कृष्ट सहायक चरित्र पुरुष, सुजन पहाडीले उत्कृष्ट नकारात्मक चरित्र पुरुष, उत्कृष्ट भेषभुषा, उत्कृष्ट शृंगार, उत्कृष्ट पाश्र्व ध्वनि गरी सातवटा पुरस्कार जितेको छ । सर्वोत्कृृष्ट नाटकबाहेक हरेक विधाका लागि पाँच हजार रुपैयाँ नगद पुरस्कार थियो ।

नाटक मेलामा वृहस्पति विद्यासदनले प्रस्तुत गरेको नाटकमा मनोज तामाङले उत्कृष्ट नाटककार तथा निर्णायक सम्मान, स्पर्श अधिकारीले उत्कृष्ट शीर्ष चरित्र पुरुष, अध्यता क्षेत्रीले उत्कृष्ट हास्य चरित्र महिला गरी चारवटा पुरस्कार जितेको छ । नेक्सस स्कुलले प्रस्तुत गरेको नाटक ‘ड्याड भर्सेस मम’बाट हेइस्का निरौलाले उत्कृष्ट शीर्ष चरित्र महिलाको पुरस्कार, आयुषा पराजुलीले उत्कृष्ट नकारात्मक चरित्रसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट प्रकाश परिकल्पना गरी चारवटा पुरस्कार प्राप्त गरेको छ ।

मेलामा उत्कृष्ट सहायक चरित्र महिलाको पुरस्कार विद्या सागर स्कुलको ‘सपना’बाट कुईन्सी श्रेष्ठ र उत्कृष्ट हास्य चरित्र आरभ पुरीले प्राप्त गर्नुभयो । उत्कृष्ट प्रत्यक्ष संगीत ‘कोही त बुझ न’ले प्राप्त गर्‍यो ।

ADVERTISEMENT

मेलाको निर्णायकमा राजेन्द्र शलभ, भुवन चन्द र शेखर चापागाईं रहनुभएको थियो । कार्यक्रममा नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमालले मेला आयोजनाका लागि पाँच महादेशबाट सहयोग गर्ने शुभचिन्तकलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

राष्ट्रिय नाचघरमा उद्घाटन भएर सञ्चालन भएको मेलाको समापन नेपाल प्रज्ञा प्रतिष्ठानको डवलीमा गरिएको थियो । मेलामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्माले बालबालिकाहरूको लागि यत्रो महोत्सव आयोजना गरेको र आगामी वर्ष अझै व्यापक रूपमा गर्ने भन्ने सुनेकाले बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा सिल्क रोड इन्टरनेशनल लिग अफ थिएटरका संस्थापक सदस्य दीपक सरकार, पशुपति बिस्कुटका तर्फबाट श्रीपा श्रेष्ठ, कवि महेश पौड्याल, कलाकार मोहन निरौलालगायतले बोल्नुभएको थियो । कार्यक्रम महासंघका सचिव जेबी डिसीले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *