सिसिआरसी र नवोदित सेमिफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सिसिआरसी र नवोदित छैटौँ हिसान खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । सिसिआरसीले ओमेगालाई ५५-२९ ले पराजित गर्‍यो । सिसिआरसीको जितमा समिप खत्रीले १६ अंकको योगदान गर्नुभयो । लक्ष्मण गुरुङको १८ अंकको सहयोगमा नवोदितले जेभियरलाई ४५-३४ ले हरायो ।

त्यस्तै, हृवाइटहाउस र गोल्डेनगेट पनि सेमिफाइनलमा पुगे । हृवाइटहाउसले जय मल्टिपल कलेजमाथि ३३-५ को सहज जित दर्ता गर्‍यो । हृवाइटहाउसका सन्तोष रायमाझीले १२ स्कोर गर्नुभयो । टाइम्सविरुद्धको खेलमा गोल्डेनगेट ३७-३२ ले विजयी भयो । विजेताका उर्गेन लामाले २१ अंक जोड्नुभयो ।

ADVERTISEMENT

सेमिफाइनलमा गोल्डेनगेटको भेट हृवाइटहाउससँग हुनेछ भने नवोदितले सिसिआरसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । गल्र्सको सेमिफाइनलमा जेभियरले हृवाइटहाउस तथा साइपालले रिलायन्सको सामना गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?