बुटवल । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितंगाको मृत्युभएको छ ।
शनिबार राति करिब सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताल लाइनतर्फ गइरहनुभएका हितंगा सवार मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको यात्रु बाहक बस बसपार्क नजिकै एक आपसमा ठक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्वार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रूपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रूपमा कार्यरत हुनुहुन्थ्यो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts