काठमाडौं । मानव पुस्तकालयको नवौँ शृंखला शनिबार सम्पन्न भएको छ । काठमाडौंको सुकेधारास्थित धोबीखोला किनारको नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रमा सम्पन्न उक्त कार्यक्रको सभापतित्व सो पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तले गर्नुभएको थियो भने प्रमुख अतिथि प्रा.डा. दुर्गाप्रसाद अर्याल रहनुभएको थियो । मुक्तिनाथ दर्शन साहित्य समाज तथा नव पुस्तकालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको विशेष अतिथि प्रा. पुरुषोत्तम दाहाल रहनुभएको थियो । दाहालले उक्त पुस्तकालयले सबैलाई साहित्यका लागि उत्प्रेरणा दिइरहेको बताउनुभयो ।
नवौँ शृंखलामा मानव पुस्तक प्रा.डा. दुर्गाप्रसाद अर्यालले अध्ययन, बाल्यावस्था, आफ्नो ७० वर्षको जीवन र ४० वर्षसम्मको प्राध्यापनदेखिका सम्पूर्ण कुराहरू रहेको बताउनुभएको थियो । यसैगरी अर्का मानव पुस्तक साहित्यकार हरिभक्त सिग्देल महेशले प्रहरी जीवनमा आफूले गरेका अनेकौं अनुसन्धानहरूका बारेमा बताउनुभएको थियो । उक्त कार्यक्रमको दोस्रो चरणमा विभिन्न स्रष्टाहरूबाट रचना वाचन पनि गरिएको थियो ।
कलानिधि दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कृष्णप्रसाद बस्याल, पदम दाहाल, विनोद दाहाल वत्स, रत्ननिधि रेग्मी शुक्राचार्य, सुरेश वैद्य, दुर्गाकला तिवारी, सुशीला शर्मा धमला, महेश रिजाल तथा बालकुमार क्षेत्रीले आ–आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो । यसैगरी रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा दुर्गा अधिकारी भमरकोटे, सुचिता काफ्ले, मधुसुदन पाण्डेय, पार्वती अधिकारी पारु, सुन्दर खड्का र कल्पना दाहाल हुनुहुन्थ्यो । कार्यक्रममा डा. अर्जुनदेव भट्टले शुभकामना मन्तव्य दिनुभएको थियो भने विष्णुप्रसाद पन्तले सभापतिको मन्तव्यका साथ सभा विसर्जन गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts