भारत सडक दुर्घटना : मृत्युहुनेको संख्या १७ पुग्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मुम्बई । भारतको मध्यप्रदेशमा एक ट्रकले तीन वटा बसलाई ठक्कर दिँदा भएको दुर्घटनामा मृत्युहुनेको संख्या १७ पुगेको छ । दुर्घटनामा परि ५० जना भन्दा बढी घाइते भएको बताइएको छ । घाइते मध्ये १० जनाको अवस्था गम्भीर छ ।

सतना भन्ने ठाउँमा भइरहेको धार्मिक मेलाका तिर्थ यात्री बोकेका तीन वटा बसलाई ट्रकले ठक्कर दिएको हो । सिमेन्ट बोकेको तीव्र गतिको ट्रकले शुक्रबार राति ९ बजे रोकिराखेका तीन वटा बसलाई ठक्कर दिएको थियो ।

ADVERTISEMENT

टायर पञ्चर भएर अनियन्त्रित बनेको ट्रकको ठक्करबाट दुईवटा बस सडकबाट उछिट्टिएको र एउटा बस सडकमै पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यी प्रत्येक बसमा ५० देखि ६० को संख्यामा यात्रु थिए। दुर्घटनापछि मध्ये प्रदेश सरकारका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई १०–१० लाख र घाइतेलाई दुई/दुई लाख रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज