मिलन क्लबको एम्बुलेन्स खरिदका लागि दाहालको सहयोग

Read Time = 3 mins

चितवन । पश्चिम चितवनको चनौलीमा रहेको मिलन क्लबलाई स्थानीय समाजसेवी विनय दाहालले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । पश्चिम क्षेत्रका स्थानीयलाई भैपरी आउने असजिलोमा सहयोग पुर्‍याउने उद्देश्यले क्लबले एम्बुलेन्स किन्ने योजना बनाएको तर आर्थिक अभावका कारण उक्त योजना पूरा हुन नसकेको खबर पाएपछि सामाजिक सेवामा सक्रिय दाहालले क्लबलाई एक लाख रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।

क्लबले यतिबेला विभिन्न ठाउँबाट थप सहयोग जुटाएर एम्बुलेन्स खरिद गरिसकेको छ । अहिले त्यस क्षेत्रका बासिन्दा बिरामी भएर अस्पताल आउनुपर्ने अवस्थामा सजिलोसँग आउन सक्ने भएका छन् । एम्बुलेन्स नहुँदा समयमै अस्पताल आउन नसकेर स्थानीयले सास्ती भोग्नुपरेको थियो । आफ्नै गाउँमा एम्बुलेन्सको व्यवस्था भएपछि स्थानीय पनि खुसी छन् ।

ADVERTISEMENT

२०४८ सालमा भरतपुरमा जन्मिनुभएका दाहालले आफ्नो पढाइसँगसँगै सामाजिक सेवामा आफूलाई संलग्न गराउँदै आउनुभएको छ । उहाँले भूकम्पका बेलामा लमजुङको प्याराजुङ पुगेर राहत सामग्रीस्वरूप खाद्यान्न र लत्ताकपडा उपलब्ध पनि गराउनुभएको थियो । यस्तै, उहाँले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमका साथै कोरोना महामारीको समयमा पनि सहयोगको हात बढाउनुभएको थियो ।

आधारभूत विद्यालय कोहिलाका २०० जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री उपलब्ध गराउनुभएका उहाँले मिलन क्लबमा पानीट्यांकी निर्माण गर्न पनि सहयोग गर्नुभएको छ । यस्ता कार्यका लागि उहाँलाई विभिन्न संघसंस्थाले पुरस्कार तथा सम्मान पनि प्रदान गरेका छन् । उहाँले विभिन्न स्थानीय क्लब र संघसंस्थामा पनि रहेर कार्य सम्पादन गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *