सन्दीपको निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दुबईमा हुने आईसीसी विश्वकप लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आजका लागि पेसी तोकिएको छ ।

सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोज घिमिरेले दुबईमा हुन लागेको खेल खेल्न जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिनुभएको थियो ।

नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

ADVERTISEMENT

उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौं बाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो ।

उच्चको विदेश जान नपाउने सर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् । सरकार पक्षबाट परेको निवेदनमा लामिछानेलाई पुर्पक्षका लागि थुनामानै राख्नुपर्ने माग गरिएको छ । दुवै तर्फका निवेदनमा आजलाई पेसी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?