भोजपुर टुँडिखेलमा पाँचौ महिला फुटबल सुरू

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बिहिवारबाट पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिता सुरू भएको छ । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगितामा भोजपुर नगरपालिका १०, द सेभेन युथ क्लव धनकुटा, एन बी वाई एफसी सप्तरी, भोजपुर नगरपालिका ११, कन्काई झापा, रिमाचुङ्ग एजुकेशन एण्ड स्र्पोट एकेडेमी र आर एसी दमक गरी ७ वटा टिमको सहभागिता रहेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी दिनु भयो ।

ADVERTISEMENT

पहिलो उद्घाटन खेलमा धनकुटालाई १ को विरुद्ध ३ गोल गर्दै भोजपुर नगरपालिका १० भैसीपंखा सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताका विजेताले एक लाख पाँच हजार ५ सय ५५ रुपैया तथा उपविजेताले ५१ हजार पाँच सय ५५ रुपैयाँका साथमा ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगिताको उदघाटन भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?