नाचघरमा ‘राष्ट्रिय बाल नाटक मेला’

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय बाल नाटक मेला २०७९ शुभारम्भ गरिएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा बालबालिकाहरूको नाट्यचेतना वृद्धि गर्न राष्ट्रिय बाल नाटक मेला २०७९ सुरु भएको हो । मेलाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मेला आयोजना गरेर महासंघले नेपाली नाट्य क्षेत्रको विकासका लागि उल्लेखनीय कार्य गरेको बताउनुभयो ।

महासंघका अध्यक्ष राजेन्द्र रिमालले बाल नाटकको माध्यमबाट नाट्य गतिविधिलाई चलायमान बनाउने प्रयास भएको बताउनुभयो । राष्ट्रिय नाचघरमा एक सातासम्म चल्ने मेलामा ११ वटा नाटक प्रतियोगितात्मक रूपमा मञ्चन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट नाटकलाई नगद एक लाखसहित विभिन्न २० वटा विधामा पुरस्कार दिइनेछ ।

नाटक मेलाको मुख्य निर्णायकका रुपमा वरिष्ठ रंगकर्मी, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ र निर्णायकमा प्रथम नायिका भुवन चन्द र रंगकर्मी शेखर चापागाईं रहनुभएको छ ।

ADVERTISEMENT

कार्यक्रममा चीनको संस्कृति मन्त्रालयको पहलमा स्थापित सिल्क रोड इन्टरनेशनल लिग अफ थिएटरका संस्थापक सदस्य तथा युनेस्कोकर्मी दीपक सरकारले कार्यक्रम आयोजना गर्नु आफैंमा गाह्रो काम भएको बताउँदै बालबालिकाको क्षेत्रमा यस्तो काम हुनु महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले विद्यालयले नाटकलगायत अभौतिक संस्कृति संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गर्न सक्ने भन्दै आफूहरू विद्यालयसँग सहकार्य गर्न उत्साहित रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *