काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युएई भ्रमणका लागि नेपाली टिमको घोषणा गरेको छ। उक्त टोलीमा क्यानले पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने परेनन् । उनी बाहेकको १५ सदस्सीय टोलीको घोषणा गरिएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–टूअन्तर्गत नेपालमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली क्रिकेट समर्थकहरूले सन्दीपलाई युएई लैजान दबाब दिएका थिए। क्यानले पनि त्यसको पहल गरे पनि अन्तिम समयमा त्यो हुन नसकेको बताइएको छ।
नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ ।
कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको समावेश नै नगरेको स्रोतले बताएको छ ।
नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts