काठमाडौ । जिल्ला अदालत काठमाडौंले नेपाली क्रिकेटमा स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीन जना पुर्व क्रिकेटरलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित नितेश गुप्तालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पछि तीनै जनाले पुर्पक्षमा नबसी मुद्धा लड्न पाउने भएका छन् ।
काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । उक्त मुद्धामा ५ जनालाई प्रतिवादी बनाइए पनि ३ जना अझै फरार छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता