झिल्केको ‘पक्षीहरू’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । नेपाली पंक रक व्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पक्षीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । तीन वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय झिल्के एण्ड दि कम्पनी’को भिडियोमा प्रनव केसीको निर्देशन र पिभिई नेटवर्कको प्रबद्र्धन छ । गीतमा स्टिभ देवानको स्वर छ । व्याण्डमा ड्रम्समा दिप्सन केसी र बेस गीतारमा विशालहाङ राई हुनुहुन्छ ।

भिडियोमा प्रनव केसी र सुभेक्क्षा पौडेल फिचर्ड हुनहुन्छ । संगम राईको छायांकन रहेको भिडियोमा रवि गुभाजुको सहायक छायांकन, गणेशसिंह ठकुरीको गाफर, शंकर दाहाल, गोरे लिम्बूको प्रकाश सहायक, सहयोगराज अधिकारीको प्रोडक्सन, प्रनभ केसीको सम्पादन, सञ्जीव रत्न शाक्यको कलर, अनमोल थापाको व्याकग्राउण्ड स्कोर र दिभेस मुल्मीको मिक्सिङ तथा मास्टरिङ छ ।

ADVERTISEMENT

गीत ‘झिल्के फायर इपी’मा संग्रहित छ । गीतमा नौलो संगीत, सरल शब्द र मुखमा झुण्डिने लय राखिएको छ । ‘झिल्के एण्ड दि कम्पनी’का गीतहरू युट्युब, स्पोटिफाइ, एप्पल म्युजिकजस्तै सबै स्ट्रिम प्लेटफर्ममा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?