काठमाडौं । दोस्रो संस्करणको एलआइसी नेपाल मिडिया अवार्ड सम्पन्न भएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यस वर्ष विभिन्न १० विधाका पत्रकारलाई प्रदान गरिएको हो । कार्यक्रमको उद्घाटन वरिष्ठ पत्रकार भैरव रिसालले गर्नुभएको थियो ।
ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआइसी नेपाल मिडिया अवार्ड २०७९ को अवसरमा लाइफटाइम एचिभमेन्ट अवार्ड कृष्णा ताम्राकारलाई प्रदान गरिएको छ । वरिष्ठ पत्रकार ताम्राकारलाई एक लाख रुपैयाँ नगदसहित लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान अर्पण गरिएको हो । यस्तै वरिष्ठ पत्रकार भूषण दाहाललाई दशकका पत्रकारको रूपमा ५१ हजार पुरस्कार राशीसहित सम्मान गरिएको थियो ।
यो वर्षको बिजनेश जर्नालिजम अफ द इयरबाट केटिएम भ्वाइस डटकमका रोयल आचार्य, रेडियो जर्नालिस्ट अफ द इयरबाट रेडियो कान्तिपुरका अनिल परियार, वेष्ट टेलिभिजन जर्नालिस्ट अफ द इयरबाट योहो टेलिभिनका जीवराम भण्डारी, फोटो जर्नालिस्ट अफ इयरबाट मीन बज्राचार्य, वेष्ट प्रिन्ट जर्नालिस्ट अफ इयरबाट नयाँ पत्रिका दैनिकका सिल्पा कर्ण, वेष्ट काटुनिष्ट अफ इयरबाट नागरिक दैनिकका रविन सायमी, वेष्ट इन्टरटेन्मेन्ट जर्नालिस्ट अफ द इयरबाट बाह्रखरीका नरेश फुँयाल, वेष्ट स्पोर्टस जर्नालिस्ट अफ द इयरबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, वेष्ट अनलाइन जर्नालिस्ट अफ द इयरबाट साझा पोष्टका बोमलाल गिरी र वेष्ट युटुव च्यानल अफ द इयरबाट मोहन बस्नेतलाई नगद राशीसहित अवार्ड प्रदान गरिएको थियो ।
भव्य रूपमा होटल याक एण्ड यतिमा आयोजित अवार्ड कार्यक्रममा विकास खतिवडालाई फोटोग्राफी सम्मान, भीमबहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कँडेललाई पब्लिक च्याइस अवार्डबाट सम्मान गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts