बैशाखमा ‘प्रथम जन्ते ढुंगा आमन्त्रित गोल्डकप’ हुने

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङमा ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ हुने भएको छ । जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिको आयोजनामा आगामी २ वैशाख देखी ९ बैशाखसम्म गोल्डकप हुनेभएको हो ।

जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको खर्क खेल मैदानमा हुने गोल्डकपको विजेताले २ लाख ५५ हजार ५ सय, उपविजेताले १ लाख ५५ हजार ५ सयका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलिष्ट दुई टिमले नगद ५०/५० हजारसहित प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताका बेष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डरलाई १०/१० हजार र एकजना म्यानअफ द म्याचलाई ५ हजारको पुरस्कार राशि राखिएको जन्तेढुंगा खेलकुद विकास समितिले शुक्रबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मलेन गरेर जानकारी दिएको छ ।

गोल्डकप आयोजना गर्न अनुमानित ३० लाखभन्दा माथिको लागत लाग्ने बताइएको छ । खेलाडीहरुका लागि खाना, बासलगायतको व्यवस्थापन तथा १५ दिनभित्र टिम दर्ताको प्रकृया सुरु गरिने बताइएको छ ।

ADVERTISEMENT

फुटबलमा व्यावसायिक खेलाडी उत्पादन तथा व्यवसायीकरणका लागि गोल्डकपको आयोजना गरिएको जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले बताउनुभयो । खेलाडीसँगै गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि पनि गोल्डकपको आयोजना गर्न लागिएको राईले भन्नुभयो ।

खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा समेत टेवापुग्ने समितिका सचिव अमित राईले बताउनुभयो ।

देश तथा विदेशमा रहेका खेलप्रेमी महानुभावहरुबाट गोल्डकप सफल बनाउन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष अरुणा देवी राई र उपाध्यक्ष खेम बहादुर खड्कालगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?