तत्कालीन भन्सार अधिकृतविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध दुई करोड १० लाख १० हजार ४८२ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।

आयोगका अनुसार, केसीसँग चल/अचल सम्पत्ति गरी पाँच करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ भेटिएको थियो । केसीको वैधानिक आम्दानी र खर्चसँग तुलना गर्दा आयभन्दा उक्त रकमको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचारको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगको दाबीमा सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनाशिव कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको छ ।

वैधानिक आयमा पारिश्रमिक बचत, प्रोत्साहन भत्ता पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी सञ्चयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घरबहाल आय, पैत्रिक घर बहाल आय, कृषि आय, अंशबण्डाबाट प्राप्त नगद, बिमा परिपक्व भई प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकमसमेत गरी जम्मा तीन करोड ५१ लाख १६ हजार २० रुपैयाँको मात्रै वैधानिक स्रोत भेटिएको दाबी आयोगको छ ।

ADVERTISEMENT

आयोगले कैद तथा जरिवानाको सजायसमेत मागदाबी लिएको छ । जाँच अवधिमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति केसीको बैंकमा मौज्दात रकम र श्रीमती सुशीला पण्डितको नाममा हाल कायम रहेका आंशिक स्रोत नपुगेको हिस्साको र जाँच अवधिपछि खरिद गरेका सम्पत्तिबाट समेत जफत/असुलको माग आयोगको छ ।

आयोगले केसीकी श्रीमती पण्डितलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम सम्पत्तिमध्येबाट बिगो जफतको मागदाबी लिएको छ ।

भन्सार अधिकृत केसीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमतीको नाममा जग्गाहरू खरिद, घर निर्माण तथा बैंक खाताहरूमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको दाबी आयोगको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज