ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी र आमा घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते हुनुभएको छ ।

बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उहाँका ८६ वर्षीया आमा घाइते हुनुभएको हो ।

अहिले उहाँहरूको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको उहाँका सहयोगी भुवन भुसालले जानकारी दिनुभयो । भण्डारीको शरीर २५ प्रतिशत र उहाँका आमाको शरीर ७० प्रतिशतभन्दा धेरै जलेको बताइएको छ ।

ADVERTISEMENT

आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो । स्रोतका अनुसार भण्डारी र उहाँकी आमा दुवैलाई थप उपचारका लागि भारत लैजाने विषयमा सल्लाह भइरहेको छ । चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिए आजै उहाँहरूलाई मुम्बई लगिनेछ ।

कांग्रेस नेता भण्डारी गुल्मी-१ बाट निर्वाचित सांसद् हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?