एभेन्सलाई जिनियस फुटसल उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एभेन्सले दोस्रो जिनियस कप यू-१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । लुभुस्थित आयोजक जिनियस आइबी वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई तीन-शुन्य गोलले पराजित गर्‍यो । विजयी टिमका लागि सक्षम खरेलले दुई तथा विरल थापाले एक गोल गर्नुभयो ।

प्रतियोगितामा प्रिमियरका अबिम रोका मगर उत्कृष्ट खेलाडी घोषित हुनुभयो । एभेन्सका योयिल तामाङ उत्कृष्ट गोलरक्षक चुनिनुभयो । युरो स्कुल, छाउनीका सत्भिक प्रधान प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बन्नुभयो । उहाँले प्रतियोगिताभर ११ गोल गर्नुभयो । युरो स्कुल, कोटेश्वरले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

ADVERTISEMENT

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, जिनियसका चेयरम्यान नवीनकुमार जोशी, जिनियसका कार्यकारी निर्देशक एवं प्रिन्सिपल राजेशकुमार जोशी, जिनियसका शिक्षा प्रमुख प्रदीप बज्राचार्य, प्रतियोगिता संयोजक राजेन्द्र कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । एकदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि स्वस्तिश्रीले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *