काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को फर्स्टलुक सार्वजनिक भएको छ । स्वर्णीम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदै छ ।
प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको फर्स्टलुकमा अभिनेत्री सुरक्षाले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिनुभएकाे छ । पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा नहेरी हातमा रहेको पिँजडाभित्रको सुँगामा आफ्नो प्रतिबिम्ब खोजिरहेको देख्न सकिन्छ । फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।
निर्देशक कँडेलले ‘बहाव’ नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह रहेको बताउनुभयाे । उहाँले सुरक्षामार्फत फिल्मको थिमलाई प्रस्तुत गरिएको बताउनुभयाे ।
अभिनेत्री सुरक्षाले जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिहरूबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा चलचित्रमा देखाइएको बताउनुभयाे ।
फिल्मका निर्माता श्रीधर पौडेल हुनुहुन्छ । उहाँले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गर्नुभएकाे थियाे । पौडेलले आफ्नो स्वन्त्रता आफैमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताउनुभयाे ।
फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ ।
फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिने जोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts