काठमाडौं । एसडी योगीको स्वर रहेको गीत ‘भेट्न आउनु’ सार्वजनिक भएको छ । सागर थापा ध्रुवको शब्द, गायक स्वयंकै संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
अनिल कृष्ण मानन्धरको कन्सेप्ट, छायांकन र निर्देशन रहेको गीतको भिडियोमा गीतकार सागर र दिव्यानी वलीको अभिनय छ । भिडियोमा एक प्रेमील जोडियो प्रेम वियोगको गाथालाई देखाएको छ ।
हिमाल पारिको जिल्ला मुस्ताङमा छायांकन गरिएको गीतको भिडियोको दृश्य निकै नै लोभलाग्दो रहेको भिडियोको सम्पादन र कलरिगं मनोज काकीले गर्नुभएको छ ।






