पारामाउण्ट र एन्जल्स हार्टको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । पारामाउण्ट र एन्जल्स हार्टले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेका छन् । पारामाउण्टले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६-१२ ले पराजित गर्‍यो । पारामाउण्टको जितमा निरज प्याकुरेलले तीन अंकको योगदान गर्नुभयो । रूपेश पौडेलको ६ अंकको सहयोगमा एन्जल्स हार्टले आयोजक भद्रकालीलाई २७-१६ ले हरायो ।

सिनियर ब्वाइजमा सेब, एन्जल्स हार्ट, गोल्डेन पिक र ग्रिनल्याण्डले सफलता पाए । सेबले पञ्चायणलाई ३३-२८, एन्जल्स हार्टले जुगललाई २८-१०, गोल्डेन पिकले नेसनल युनाइटेडलाई ३५-१७ र ग्रिनल्याण्डले बागमतीलाई ४१-३० ले पाखा लगाए ।

ADVERTISEMENT

सेबका विकास डंगोलले ११, एन्जल्स हार्टका हिमसागर पुनले १९, गोल्डेन पिकका दिनेश रापालले १९ र ग्रिनल्याण्डका प्रवीण गुरुङले १६ स्कोर गर्नुभयो । सिनियर गल्र्समा ग्रिनल्याण्डले जुगललाई १८-१० ले पन्छायो । ग्रिनल्याण्डका लागि प्रियंका मगरले ६ स्कोर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?