बुटवल । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्लाको मायादेवी गाउँपालिका-१ धमौली बस्ने सञ्जय भन्ने रामनारायण लोधलाई पक्राउ गरिएको हो ।
गत मंसिर १२ गते रामनारायणले आफ्नी श्रीमती २४ वर्षीया सरोज लोधलाई भारतमा मेला हेर्न जान भनी मोटरसाइकलमा राखी भारतको डफालीपुर लगेका थिए।
डफालीपुर भन्ने गाउँमा हातखुट्टा बाँधी निर्ममतापूर्वक कुटपिट गरी योजनाबद्ध तरिकाले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
खोजतलास गर्ने क्रममा रामनारायणलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता