काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति अञ्जन श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।
नाडाका अध्यक्ष धु्रव थापाले सरकारले अटोमोबाइलका साधनलाई विलासिताका वस्तुमात्रै मान्दै आएको भन्दै सवारीसाधनलाई विलासिताका वस्तुको सूचीबाट हटाउन गरेको आग्रहलाई अर्थमन्त्री पौडेलले सकारात्मकरूपमा लिनुभएको छ । उहाँले पेट्रोलियमभन्दा विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा नाडाका अध्यक्ष थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताउनुभएको छ । थापाले सरकारको बुझाइमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेकोे भए पनि पछिल्ला वर्षमा नेपालमै सवारीसाधनको एसेम्बलिङ उद्योग खोल्ने कार्य सुरु भएको, ब्याट्री र टायर ट्युबलगायत पनि नेपालमै उत्पादन भइरहेको जानकारी गराउनुभयो ।
सरकारले दीर्घकालीन नीति ल्याएमा छिमेकी ठूला मुलुक भारत र चीनमा नेपालमा उत्पादित सामान बजारीकरणका लागि नयाँ बजार बन्न सक्ने उहाँको भनाइ थियो । महासंघका अध्यक्ष गोल्छाले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केही सकारात्मक विषय रहेको भन्दै हाल अर्थतन्त्रका केही सूचकहरू सकारात्मक देखिए पनि आगामी अर्थतन्त्र बलियो बनाउन राज्यले पनि केही जोखिम लिन तयार हुनुपर्ने बताउनुभयो । परिसंघका कार्यवाहक अध्यक्ष अग्रवालले सरकारले व्यवसायीको मनोबल उच्च बनाउने खालका कार्यक्रमहरू ल्याउनुपर्ने बताउनुभयो भने वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषद्का सभापति श्रेष्ठले नेपालको अर्थतन्त्र एवं अटोमोबाइल क्षेत्रको योगदान बुझेर पनि समाधानको प्रयास गर्न सरकार तयार नभएको गुनासो गर्नुभयो । सो अवसरमा नाडाले राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिने चारजना ट्राफिक प्रहरीलाई सम्मान गरेको थियो ।
तीन लाखले हेरे क्यान इन्फोटेक
आइतबार सम्पन्न क्यान इन्फोटेक २०२३ मेला तीन लाखले अवलोकन गरेका छन् । मेला तीन लाख मानिसले अवलोकन गरेका आयोजक कम्प्युटर एसोसिएसन महासंघ (क्यान) का अध्यक्ष रञ्जितकुमार पोद्दारले जानकारी दिनुभयो । क्यान इन्फोटेकमा क्यानले सोचेअनुसार नै अवलोकनकर्ताको उपस्थिति रहेको उहाँको भनाइ छ ।
मेला विद्यार्थीदेखि क्याम्पसस्तरमा सूचना प्रविधिमा अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने व्यक्तिहरूले अवलोकन गरेको पोद्दारले बताउनुभयो । क्यान इन्फोटेक आगामी दिनमा सातै प्रदेशमा सञ्चालन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच