अफ्रिकाका र्‍यापर एकेएको गोली हानी हत्या

Read Time = 1 min

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्‍याप गायक किर्नान जारेड फोब्र्स (एकेए)को गोली हानी हत्या भएको छ । ३५ वर्षीय र्‍यापर एकेएको डरबनस्थित एक रेस्टुरेण्ट नजिकै गोली हानेर हत्या भएको हो ।

उहाँसँगै उहाँका नजिकका साथी तथा व्यावसायिक सेफ एवं व्यापारी टेबेल टिब्ज मोटसोनको पनि हत्या भएको छ । उहाँहरूको एक नाइट क्लबको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गोली हानी हत्या भएको बताइएको छ ।

ADVERTISEMENT

प्रहरी प्रवक्ता कर्नेल रोबर्ट नित्शउन्डाले र्‍यापर एकेए र उहाँका साथी आफ्नो कारमा जाँदै गर्दा दुई हतियारधारीले उहाँहरूलाई नजिकैबाट गोली हानेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *