सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको सपथ आज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ ।

एक महिनाअघि नेकपा एमालेबाट मुख्यमन्त्री हुनुभएका राजेन्द्रसिंह बरालले बिहीबार बसेको प्रदेश सभा बैठकमा बिश्वासको मत प्राप्त गर्न नसके पछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहलाई बिहीबार मुख्यमन्त्री पदमा प्रदेश प्रमुख देवराज जोशीले नियुक्त गर्नुभएको थियो ।

ADVERTISEMENT

संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन हुनुभएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूला दलका कांग्रेस प्रदेश संसदिय दलका नेता शाहले मुख्यमन्त्रीमा दावि पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उहाँलाई नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनियताको सपथ कार्यक्रमका लागि तयारी पूरा गरेको जनाएको छ ।

सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाउनुभएको हो। रेशमलाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीका सात सांसदले आफनो माग पुरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ तर सत्ता साझेदार उन्मुक्ति लगायतको राजनीतिक दलको समर्थनमा रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?