रुपन्देही । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २को क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजीनामा दिएपछि खालिरहेको क्षेत्रीय सभापतिमा दुईजनाले उम्मेदवारी दर्ता गर्नु भएको छ।
यहि असोज २७ गते हुन लागेको पार्टीको उपचुनावमा कार्यवाहक सभापति पर्शुराम ढकाल र पार्टीको १४ औं महाधिवेशनबाट उहाँ क्षेत्रीय सचिव पदमा निर्वाचित प्रजापाल गिरीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पार्टीको उपचुनावमा संस्थापन समुहबाट क्षेत्रीय सभापतिमा गिरीलाई अगाडि सारिएको छ भने संस्थापन ईतर समुहको तर्फबाट पर्शुराम ढकाललाई अघि सारिएको छ। त्यस्तै रिक्त रहेको सहसचिव पदमा विष्णुप्रसाद चापागाईलाई अगाडि सारिएको छ । उपसचिव पद पनि राम बहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि रिक्त थियो भने ढकालको समुहबाट सहसचिव पदमा नरबहादुर रजालीलाई अगाडि सारिएको छ ।
सभापति लम्सालले पार्टी छाडेपछि खालि भएको क्षेत्रिय सभापतिमा पर्शुराम ढकाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो । संस्थापन ईतर समुहको उम्मेदवारी घोषणमा बुटबल उपमहानगरका मेयर खेलराज पान्डेको राम बहादुर थापा कुमार केसी चोपनारायण श्रेष्ठ लगायत सहभागी रहनु भएको थियो।
संस्थापन समुहको घोषणामा लुम्बिनी प्रदेश सभाषद जमुना ढकाल काग्रेस रुपन्देहीका कोषाध्यष हरी अर्याल,हरि बहादुर क्षेत्री महेशमान सिह लगायको सहभागी रहेको थियो। असोज २७ गते उपचुनाव हुने भएको छ।दुबै आफु क्षेत्रीय सभापतिमा योग्ग भएको बताउनु भएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts