प्रणय दिवसको अवसर पारेर एकल कविता वाचन गर्दै वसन्त चौधरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कवि वसन्त चौधरीले ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस)को छेको पारेर एकल कविता वाचन गर्ने हुनुभएको छ । एकल वाचनका अवसरमा कवि चौधरीका दुई कृति ‘मेरा गीत’ (गीतहरूको संग्रह) तथा ‘जीवन मन्त्र-२’ (सुक्ति संग्रह)समेत लोकार्पित गरिने भएको छ । ‘कवितासँग वसन्त’ शीर्षककासाथ एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ ।

वसन्तले फागुन २ गते अपराहृन राजधानीस्थित मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कविता वसन्तले वाचन गर्ने जनाइएको छ । सो अवसरमा कवि चौधरीले एकदर्जनभन्दा बढी प्रेमिल कविताहरू प्रस्तुत गर्नुहुने जनाइएको छ । केही वर्षअघि उहाँले नेपाली साहित्यको उन्नयनका लागि विश्व काव्ययात्राको आयोजना गर्दै विभिन्न देशमा पुगेर प्रेमिल कविता प्रस्तुत गर्नुभएको थियो ।

ADVERTISEMENT

कवि चौधरीका एकदर्जन कृतिहरू प्रकाशित छन् । कवि तथा गीतकार चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि चर्चित हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *