काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजीनामा दिनुभएको छ ।
बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका शाह र अर्का सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिनुभएको छ ।
अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले यसअघि नै राजीनामा दिईसक्नुभएको छ ।
अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गर्नुभएको थियो ।






