राष्ट्रपति भण्डारीबाट दुई सामाजिक अभियन्ताको शालिक अनावरण

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भोजपुरको साल्पासिलिछो गाउँपालिका-१, कुलुङमा नेपालको प्रथम समाज सुधारक विदुषी महिला योगमाया न्यौपानेको र षडानन्द नगरपालिका-७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म घडेरीमा अधिकारीको शालिक अनावरण गर्नुभएको छ ।

दुई पालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुरको उत्तरी क्षेत्र पुग्नुभएको थियो । षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियान्ता योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरबाट सो क्षेत्रमा पुग्नुभएको हो । सो कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पनि सहभागिता रहेको थियो ।

राष्ट्रपति भण्डारीले साल्पासिलिछो गाउँपालिकाको वडा नम्बर १ कुलुङमा रहेको पशुपतिधाम गौंडेनीमा पूजा अर्चनासहित योगमाया स्मृति प्रतिष्ठानको अवलोकनसमेत गर्नुभएको छ । साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । यस्तै, राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका-१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण र अवलोकनसमेत गर्नुभएको छ । सोक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योगमाया समाधिस्थल पार्कको समेत शिलान्यास गर्नुभएको छ ।

ADVERTISEMENT

राष्ट्रपति भण्डारीले कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?