सर्लाही । अत्यधिक चिसोका कारण सर्लाहीको चन्द्रनगर गाउँपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन्।
गाउँपालिकाले पुस १८ देखि पुस २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
शिक्षा अधिकृत कमला कुमारी बस्नेतद्वारा जारी सूचनामा चिसोबाट विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै सात दिनका लागि विदा दिइएको उल्लेख छ ।
स्थानीय प्रशासनले यस अवधिमा चिसोको असरबाट सुरक्षित रहन विद्यार्थी र अभिभावकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक परेमा थप निर्णय गरिने जानकारी पनि सूचनामा उल्लेख छ।






